इटहरीः धनकुटा जिल्लाको भेडेटारमा आयोजना हुन लागेको भेडेटार फुड फेस्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् ।
होटल एसोसियसन भेडेटारको आयोजना तथा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन नेस्ट भेडेटारको सह आयोजनामा भोलि शुक्रबारबाट हुन लागेको तीन दिने भेडेटार फुड फेस्टिवलको तयारी पुरा भएको भेडेटार होटल एसोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन् ।265505428_633179098026759_7090551692799235529_n
स्थानीय पर्यटनको प्रर्वधन सँगै भेडेटारमा पाइने विभिन्न खानाहरुको प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न २०६९ साल देखि हरेक बर्ष धनकुटाको भेडेटारमा फुड फेस्टिवलको आयोजना भइरहेको छ ।
फेस्टिवलले भेटेडारमा पर्यटक गर्मी मौसममा चिसो ताप्नमात्रै होइन जाडो महिनामा घाम खानको लागि पनि आउन सक्ने सन्देश दिन हरेक बर्ष फुड फेस्टिवलको नाममा भेडेटारको पर्यटन प्रर्वद्धन गर्ने गरेको होटल एसोसिएशन भेडेटारका अध्यक्ष रुम्दाली राई बताउँछन् ।269708691_985935872338670_1825535251553256388_n
भोलि पुस १६ गतेबाट सुरु हुने भेडेटार फुड फेस्टिवल तीन दिन सम्म चल्ने बताइएको छ । फुड फेस्टिवलको सह आयोजकको भुमिका निर्वाह गरिरहेको प्राकृतिक वातावरण स्रोत तथा पर्यटन सम्बन्धि संस्था नेष्टका सचिव नर बहादुर चेम्जोङ्गका अनुसार भेडेटार फुड फेस्टिवलले भेडेटारको पर्यटन प्रवद्र्धनका साथै स्थानिय खानाको प्रवद्र्धन हुनका साथै ठप्प रहेको पर्यटनलाई उकास्ने र स्थानीय उत्पादनलाई समेत प्रोत्साहन हुनेछ ।
पmेस्टिवलमा स्थानिय महिला उद्यमीहरुले उत्पादन गरेको अचार देखि लिएर बिभिन्न जात जातिको पहिचान झल्किने खाना तथा परिकारहरु समेत प्रवद्र्धन हुने भएकाले यस चाडको विशेष महत्व रहेको आयोजक संस्था भेडेटार होटल एसोसिएशनका सह कोषाध्यक्ष रमेश श्रेष्ठ बताउँछन् ।267875772_999824474280787_5427095732966306064_n
फेस्टिवलमा आउने पर्यटकहरुले भेडेटारको सुन्दरताको साथमा यहाँको जिपलाइन, नमस्ते झरना, प्याराग्लाईडिङ्ग, पाथिभारा मन्दिर, झण्डि डाँडा, शङ्गखेस्वर मन्दिर, सुर्यदय बौद्ध गुम्वा, सनराईज हेर्नको लागि प्रशिद्ध धोर्जे डाँडा, जैतुन पार्क , एसियाकै ठुलो बरको रुख, भेडेटारबाट २० किलोमिटर टाढा रहेको रानी ताल लगायतको भ्रमण गर्न पाउनेछन् । फेस्टिवलको उद्घाटन प्रदेश एक सरकारका भौतिक पुर्वाधार मन्त्री हिमाल कार्किले गर्ने भएका छन् । पर्यटकिय गन्तव्य सहित राईहरुको खाना, लिम्बु जातिहरुको खाना, बाँसको जराबाट बन्ने बिभिन्न आकृती सहित बिभिन्न १२ वटा स्टलहरु रहने आयोजक होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताए ।