इटहरीः प्रदेश नम्बर एकका भौतिक योजना तथा पुर्वाधार मन्त्री हिमाल कार्कीले पर्यटनको प्रर्वद्धनमा प्रदेश सरकारको साथ सदैव रहने बताएका छन् ।
धनकुटा जिल्लाको भेडेटारमा आजबाट शुरु भएको तीन दिने खाना महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका मन्त्री कार्कीले वर्तमान सरकार कम बोल्ने र बोलेको कुरा लागु गर्ने पक्षमा रहेकाले अहिलेनै धेरै बोल्नु भन्दा पर्यटन र भेडेटारको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका हुन् ।
धनकुटा पुर्वको मात्र नभई नेपालकै पर्यटकीय गन्तव्य भएकाले यसको पुर्वाधारमा सबै तहका सरकारले योगदान गर्नुपर्ने उनले बताए । कार्यक्रममा साँगुरीगढी गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले भेडेटारको पर्यटन विकासमा लगानी गर्न चाहनेहरुका लागि गाँउपालिकाले नीतिगत रुपमै नियम कानून बनाएर सहजिकरण गरिरहेको बताए । गाँउपालिकै अग्रसरतामा पछिल्लो समय भेडेटार धेरै वटा पर्यटनका परियोजनाहरु ध्माधम निर्माण भईरहेको बताए । उनले पर्यटन विकासमा गाँउपालिका सकरात्मक र रचनात्मक रुपमा लागि परिरहेको जनाए ।

269757020_4399105106884584_5689849235024133468_n
पर्यटन वोर्डका सदस्य कृष्ण शाहले भेडेटार प्रदेश १ कै उत्कृष्ठ पर्यटकिय स्थलका रुपमा स्थापित भएकाले यसको विकासमा बोर्ड सदैव सकरात्म भएको बताए । होटल व्यवसायी संघ प्रदेश नम्बर १ का सचिव तथा पर्यटनकर्मी बासु बरालले भेडेटारमा पर्यटन क्षेत्रको पनि बिषेश गरि होटल संचालन गर्ने व्यवसायीहरुको हितका लागि आफ्नो संस्था जुनै सुकै अवस्थामा लागि पर्ने बताए । उनले प्रदेश नम्बर १ भरीका होटलहरुका सेवा सुविधा लगायत बारेमा स्पष्ट हुने खालको एपको विकास गर्ने तयारीमा लागेको बताए । उनले माघमा भारतबाट १ सयबढी पर्यटनकर्मीहरुको सहभागीता गराई धरानमा टुरिजम मार्ट गर्न लागेको जानकारी समेत दिए ।
होटल एशोशिएशन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले भेडेटारलाई तीनै तहका सरकारले हेपिरहेको आरोप लगाए । उनले मुखले ठिक्क पार्ने तर व्यवहारमा भेडेटारमा पर्यटन विकास र यहाँ लगानी गर्ने पर्यटन व्यवसायीहरुलाई राहत हुने खालका कुनै कार्य नगरेको दावी गरे ।

269979472_312379754110170_4595630500433472230_n
नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका अध्यक्ष नरेन्द्र राईले भेडेटारमा स्थानीय जातिहरुको खानपान, संस्कार संस्कृतिलाई बिषेश महत्व दिएर त्यसको प्रचार प्रसारमा ध्यान दिएमात्र प्रत्येक बर्ष गरिदै आइएको भेडेटार फुड फेस्टिबलले सहि अर्थ राख्ने बताए ।
२०६९ साल देखि हरेक बर्ष अँग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुने भेडेटार फुड फेस्टिवलको नवौँ सस्करण शुक्रबार बाट सुरु भएको हो ।
धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर जिल्ला जाने मुल सडक खण्डमै भएको भव्य उद्घाटन् सत्रको कार्यक्रमलाई माउण्टेन हेलिकप्टरले पुष्प गुच्छा सहित स्वागत गरेको थियो ।
अँग्रेजी नयाँ बर्ष र भेडेटारको सुन्दरता हेर्न आउने स्वदेशी र भारतीय पर्यटकलाई लक्षित गरी हरेक बर्ष फुड फेस्टिवलको आयोजना गरिने गरेको भएपनि गत बर्ष कोरोनाको कहरका कारण आयोजना गर्न नसकेको आयोजक संस्था होटल एसोसिएसन भेडेटारका अध्यक्ष तथा कार्यक्रमका सभापति जितेन्द्र रुम्दाली राइले बताए ।

270050752_5529448920404443_7424895403977658225_n
फुड  फेस्टिवलमा राई लिम्बुका खानाको प्रदर्शनी गरिनुका साथै बाँसबाट बनेका कलाआकृतिहरु प्रदर्शन गरिएका थिए भने बिभिन्न जातीहरुको सांस्कृतिक पहिचान झल्किने झाँकिहरु समेत प्रदर्शन गरिएको थियो । सह आयोजक संस्था नेष्टका सचिव नर बहादुर चेम्जोङ्गलेले सन्चालन गरेका थिए ।
कार्यक्रमलाई आमा समुह भेडेटारकी अध्यक्ष शान्ति मादेन लिम्बुले स्वागत गरेकी थिइन् । पाथिभरा क्लव, नागरिक समाज भेडेटार, स्थानिय सरकारको रुपमा रहेको साँगुरिगढी गाउँपालिका, पर्यटन बोर्ड लगायतले महोत्सवलाई सहयोग गरेको छ ।

267604779_907516169905864_8833099439758749251_n