धरानः विजयपुरको किरातकालिन इतिहासलाई अलग राख्दा धरानको बजार विकास भएको इतिहास १२१ औं वर्षमा लागेको छ । धरान विधिवत् नगरपालिका घोषणा भएको ६१ औं वर्षको अवसरमा पुष २० देखी २२ सम्म धरान स्थापना दिवस ‘धरान डे’ मनाइदैछ ।

विहीवर आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले भने ‘धरानले २०५७ सालमा शतवार्षिकी मनायो, त्यसबेला लक्ष्यीत विकासको गन्तव्यमा धरान कहाँ सम्म आइपुगेको छ भन्ने कुरा समीक्षा गर्न उपमहानगरपालिकाले वर्सेनी ‘धरान डे’ मनाउँदै आएको छ ।’ यसपाली प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उत्सवको उद्घाटन गर्ने कार्यक्रम निश्चित भएको उनले बताए ।

तिन दिने उत्सवका विच धरानको दिर्घकालिन विकासका सम्भावना र अवसर एवं धरानको पर्यटन विकासका सम्भावना तथा उपमहानगरपालिकाले चाल्नुपर्ने कदमका विषयमा छुट्टा छुट्टै कार्यशाल गोष्ठि आयोजना गरिने छ । गोष्ठिको छलफल तथा निश्कर्षलाई रोडम्यापको रुपमा दस्तावेजीकरण गरिने बताइएको छ ।

दुई दशक अघि धरान बजार विकास भएको १ सयवर्ष पुरा गरेको अवसरमा २०५७ सालमा धरान शतवर्षिकी महोत्सवम मनाइएको थियो । उक्त अवसरमा धरानको २० वर्षे दिर्घकालिन विकासको लक्ष्य निर्धारण गर्न यस्तै गोठिको आयोजना गरिएको थियो । धरानलाई सांस्कृतिक पर्यटकिय केन्द्र, शिक्षा, स्वास्थ्य, व्यापारीक केन्द्रको रुपमा समृद्ध शहर बनाउने नारा त्यस बेला तय गरिएको थियो ।

धरान काठ काटिने परम्परागत आरा धरानबाट बस्ती, बजार, नगरपालिका बाट अहिले उपमहानगरपालिका बनेको छ । शहरी विकासका कतिपय आधारभूत विकासमा अहिले पनि धरान पछि परेको छ । समय समयमा विदेशी दातृसंस्थाले विकासका लक्ष्य, माग निर्धारण गरेतापनि त्यसमा प्रगतिको पारदर्शी समिक्षा गरिएको पाइन्न । यसपाली आयोजना गरिएको धरान उत्सवले त्यस्तो समीक्षा गर्नुपर्ने कुरामा मेयर राईले जोड दिए ।

उत्सवको अवसरलाई धरानको भौतिक विकासका आवश्यकताहरुमा संघीय सरकारको ध्यानाकर्षण गराउन प्रधानमँन्त्रीलाई नै बोलाइएको बुभिन्छ । प्रधानमन्त्री देउवालाई उत्सवको उद्घाटन अघि धरानको विकास निर्माणका बारेमा स्थलगत अवलोकन ब्रिफिङ गराइने कार्यक्रम पनि राखिएका छन् । उनले धरान वडा ६ स्थित धरानको फोहोर मैला संकलन गरी प्रशोधन गरी ग्यास उत्पादन प्लान्टको उद्घाटन गर्नेछन् ।

सेउती खोला स्थित निराजन वस्तीको वडा ४ र १५ लाई जोड्ने पक्की पूलको पनि प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । धरान उपमहानगरपालिका बनेपनि सर्दु र सेउतीले अलग राखेको गाभिएका नयाँ वडामा विकास पु¥याउन पहिलो आवश्यकता पूलहरुको निर्माण नै हो । यस अवसरमा प्रधानमन्त्रीलाई पूलको आवश्यकता बारे ध्यानाकर्षण गराइने बताइएको छ । सोही अवसरमा पब्लिक हाइस्कुलमा निर्मित प्राविधिक भवनको पनि उघाटन गरिने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवालाई धरान–८ स्थित निर्माणाधिन धरान स्मार्ट बसपार्क अवलोकन गराइने छ । धरानमा नयाँ वसपार्क अपरिहार्य भएपनि लामो विवादका कारण उक्त बसपार्क निर्माणको काम दशक देखी रोकिएको थियो । पछिल्लो समय तिनै तहका सरकारको साझेदारीमा निर्माण हुने भएतापनि आवश्यक लागत रकम अभावका कारण अघिल्लो डिजायनमा शंसोधन गरी लागत घटाएर उक्त बसपार्क बन्ने प्रकृया शुरु गरिएको छ । अवलोकनको क्रममा प्रधानमन्त्रीले स्मार्ट बचन दिए स्मार्ट बसपार्कले नयाँ गति पाउन सक्छ ।

कोरानो महामारीको कारण सहित धरानमा मेला महोत्सव अयोजना नभएको निकै लामो समय पछि धरान उत्सवले पुराना रमाइलो दिनहरु पनि फर्काउने भएको छ । मुख्य उत्सवस्थल पव्लिक हाइस्कुलको मैदानमा कुल ७६ वटा स्टलहरु रहेको मेला लाग्नेछ । जनजातिय परिकार देखी कृषि, महिला शिप, शिक्षा, प्रविधि, सांस्कृतिजन्य प्रदर्शनी, व्यापारीक कारोबार त्यहाँ सञ्चालन हुनेछन् । मुख्य मञ्चमा दैनिक सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । मेयर राईले भने ‘पछिल्लो समय देशमा कोरोनाको घट्नामा कमी आएको बेला स्वास्थ्य मापदण्द्ध पालनालाई प्राथमिकतामा राखेर उत्सव आयोजना गरिएको हो ।’

उनका अनुसार उपमहानगरपालिले मौलिक नेपाली प्रविधिबाट उत्पादन हुने स्थानिय ‘तिनपाने’ रक्सीलाई ब्राण्डिङ गर्ने कानुनी, प्राविधिक प्रकृया अघि बढाएको छ । मेलामा तिनपाने प्रविधिको प्रत्यक्ष प्रदर्शनका लागि स्टल सञ्चालन गर्ने सम्भावना पनि छ । उनले भने ‘हामी यस बारेमा छलफलमा छौं ।’ सांस्कृतिक कार्यक्रमहरु विच यसपाली पूर्वेली ‘लोक जुवारी’, पोखराबाट आउने टोलीबाट लोक दोहरी, जनजातिय सांगितिक प्रस्तुतिहरु रहने बताइएको छ ।

उत्सव अवधिमा तमोर–सप्तकोशी ¥याफ्टीङ यात्रामा २० प्रतिशत छुट गरिने सञ्चालनक मदन ढकालले घोषणा गरे । यसैगरी पत्रकार सम्मेलनमा प्याराग्लाइडिङमा उड्नेहरुलाई ३० प्रतिशत छुट गरिएको घोषणा प्याराग्लाइडिङ संघका भूपाल राईले गरेका गरे । उत्सव अवधिमा धरान–४ भेडेटार बाट हेलिकप्टरमा पाथिभरा देवीको मन्दीर सम्मको आउने जाने उडानमा पनि छुट गरिने मेयर राईले बताए ।