इटहरी :राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् ।
लिङ्देनले मनोनित सदस्यको सुचिमा सुनसरीबाट रामकुमार सुव्वाको नाम परेको छ भने अन्य ३० जना बिभिन्न जिल्लाका सदस्यहरु छन् । पार्टि प्रति आश्था भएका तर निर्वाचन प्रक्रियामा सहभागि नभएका जुझारुलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको राप्रपाले जनाएको छ ।
मनोनित केन्द्रिय सदस्यमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित छन् ।
विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको बताइएको छ । विद्यान अनुसार राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । मंगलबार मनोनित गरिएका ३१ जनाको सुचि यसप्रकार रहेको छ ।release_R8flACvnu9