इटहरी :प्रहरीले बैंकिङ कसुर मुद्धामा उच्च अदालत, पाटन ललितपुरबाट दोषि सावित गराइएका फरारलाई पक्राउ गरेको छ ।
पाटन उच्च अदालतले २०७७ भदौ ५ गते गरेका फैसला दोषि ठहरिएका अर्घाखाँचि जिल्ला खनदह गाविस वडा नम्बर १ र हाल काठमाण्डौको वडा नम्बर ३१ म बसोबास गरिरहेका कृष्णहरी खनाललाई पक्राउन गरेको हो ।
खनाललाई पाटन अदालतले बतिस लाख चौबिस हजार छ सय पन्ध्र रूपैँया जरिवाना र ११ दिन कैद तोकेको थियो । फरार रहेका खनाललाई नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले मिति मंगलबार पक्राउ गरेको हो । खनाल काठमाण्डौको बुद्धनगरबाट पक्राउ परेको प्रहरीको भनाई छ ।