इटहरीः इटहरी उपमहानगरपालिका भित्रका स्रष्ठा तथा लेखकहरुले उपमहानगरले आफुहरुका मागलाई वेवास्ता गरेको भन्दै बिरोधमा बिहिबार कालो व्यानर प्रदर्शन गरेका छन् ।
गत आर्थिक बर्षको बार्षिक बजेट भाषणमा इटहरीमा इ -लाइब्रेरी स्थापना गर्ने भनेर उपमहानगरले उद्घोष गरेको भएता पनि अहिले सम्म एउटा किताव पनि खरिद नगरेको स्रष्टा तथा लेखक समाजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विकास निर्माणमा छुटाइएको बजेट रकम कामै नभई ल्याप्स हुने गरेको भएता पनि उपमहानगरको बजेटले भ्याउने र गर्न सक्ने विनियोजित रकम के कारण खर्च नगरिएको हो भन्दै लेखकहरुले यो खोजिको विषय बनेको बताएका छन् । विज्ञप्तीमा कर्मचारीलाई मात्र अनेक खालका अनियमितताको दोष लगाइनु हुदैन अभिभावक सहि सलामत भए मातहतका कर्मचारीले अनियमितता गर्न सक्दैन भन्दै उपमहानगरको नेतृत्वलाई प्रहार गरिएको छ ।

271453978_3212970458990025_3240088509705467926_n
उपमहानगरपालिका भित्रको पुस्तकालयलाई धरणीधर पुस्तकालय नामाकरण गरिनु पर्ने आवाज स्रष्टाहरुको पुरानो आवाज भएता पनि त्यसमा उपमहानगरपालिकाले अहिले सम्म सुनुवाई नगरेको आरोप लगाइएको छ ।
स्रष्टा तथा लेखक समाजका तर्फबाट मिथिला पोखरेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उपमहानगरको लाप्रवाहि गतिविधिकै कारण विज्ञ सल्लाहाकारको राजिनामा आएको देखिने बताइएको छ ।
स्रष्टाहरुका लागि इटहरीबासीले गाँस काटेर सहयोग गरेको तर जनताको सेवागर्ने कसम खाएर र महँगो तलवभत्ता हातन पारेर मँहगा गाडीमा सवार भएर पनि नगरको आर्थिक भौतिक अवस्था हुदाहुदै जनसेवागर्न मन नगर्नु वा कन्जुस्याई गर्नु अपराध हो भन्दै विज्ञप्तीमा उपमहानगरपालिकाकी उपमेउर लक्ष्मी गौतमले २०७७ सालको बजेटमा गरेको बाचा र कवोललाई घोर बेवास्ता गरी यस क्षेत्रमा कहिँ नभएको अपमान गरेको आरोप लगाइएको छ ।
इटहरी आसपासका गाउँपालिका र नगरपालिकाले भाषा,कला , साहित्य र संस्कृतिका विषयमा संविधानत सुरु देखि नै न्युनतम २५ लाख देखि लिएर ५० लाख सम्म बजेट विनियोजन गरेको भएपनि इटहरी उपमहानगरपालिकाले बारम्बार सल्लाह र सुझाव दिँदा पनि यस क्षेत्रलाई वेवास्था गरिएको जनाइएको छ ।