धरान दिवसमा संजिव लामाको ‘धरान बजार’सार्वजनिक

  • पुस २३, २०७८
  • १७२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः गायक संजिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत ‘लौ है माया नमार घुम्दै आउनु धरान बजार’ पुन रेकर्ड गरी नयाँ भिडियो समेत निर्माण गरि १२१ औं धरान दिवसको अवसर पारी सार्वजनिक गरेका छन् ।
धरानको विभिन्न पर्यटकीय स्थल ,ऐतिहासिक स्थलहरु तथा संस्कृतिलाई समेटी धरान चिनाउने अभिप्रायले निर्माण गरिएको भिडियो धरान दिवसको अन्तिम दिन पब्लिक हाईस्कुलको मैदानमा आयोजित धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले एलईडी स्क्रिनको प्ले बटन थिचेर म्युजिक भिडियो सार्वजनिक गरे ।
सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘धरान बजार’गीतमा संजिव लामाको गायन तथा रचना रहेको छ भने संगीत पारस मुकरुंगको र संगीत संयोजन निरज श्रेष्ठको रहेको छ। म्युजिक भिडियो सम्पादन बुद्ध थापा मगरको रहेको छ।
हाल युकेमा बसोबास गर्दै आएका गायक संजिव लामा आफ्नो ठाउँको बारेमा बनाईएको गीत धरान दिवसको शुभ अवसरमा सार्वजनिक गर्न पाउँदा एकदमै खुशी छन्। लामो समय लगाएर बनाइएको भिडियोले केहि हद सम्म धरान चिनाउने कुरामा आफु विश्वस्त रहेको गायक संजिव बताउंछन् ।

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved