इटहरीः नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ’ सुक्रबार रिलिज गरिएको हो । ओ एस आरद्धारा बजारमा ल्याईएको गीतमा राजेश पायल राई , लोक पौडेल , अन्जु पन्त , र सु्म्निमा इङनामको स्वर रहेको छ ।

Director uday subba
एस एस इन्टरनेशनल फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रहेको छ । गीतमा निता ढुङगाना , गौरव पहाडी , विल्सन विक्रम राई ‘तोक्मे बुढा’ लगायतको अभिनय रहेको छ ।
फिल्ममा राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाँकन ,राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ । फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई फागुन २७ गते प्रर्दशन गरिने भएको छ ।