पाँचथर :पाँचथर जिल्लाको फालेलुङ गाऊपालिका वडा नम्बर ७ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यलय बिराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा फालेलुङ गाउँपालिका वडा नम्बर ७ फर्ति टोल का ३५ बर्षीय राज कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
तामाङ्ग शुक्रबार बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका थिए । पछि तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको बताइएको छ
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोलीले अनुसन्धान गरीरहेको जनाएको छ ।