इटहरी :सुनसरी जिल्लाको दुहवी र उदयपुरको गाइघाटमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
प्रदेश एक प्रहरी कार्यलय विराटनगरले दिएको जानकारी अनुसार शुक्रबार बेलुका सँवा ४ बजे सुनसरी दुहबी नगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोक ईनरुवा–दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल सवार दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जित नारायण उरावको मृत्यु भएको छ । उरावको विराटनगर स्थित बिराट नर्सिंह होममा उपचारको क्रममा बेलुका मृत्यु भएको प्रहरीको भनाई छ । अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको बताइएको छ । ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छन ।
यसै गरी शुक्रबार बेलुका साढे ५ बजे उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहा स्थितगाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१–००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरी का ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको छ । ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।