बिर्तामोडः झापामा नेकपा एकीकृत (समाजवादी) ले पार्टीका विभिन्न कमिटी निर्माणलाई तीब्रता दिएको छ । यसैक्रममा शनिवार एकै दिन तीन वटा कमिटी गठन भएको छ ।
बिर्तामोडमा सम्पन्न महिलाको भेलाले हरिमाया मैनालीलाई जिल्ला अध्यक्षमा चयन गर्दै अनेमसंघ समाजवादी गठन गरेको छ । पार्टीका प्रदेस इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटीको उपाध्यक्षमा चन्द्रकला भण्डारी, टीका रेग्मी, सचिबमा टीका पाठक, सह सचिबमा लक्ष्मी थिङ, चानमति राजबशी, कोशाअध्यक्ष सुशीला तिवारीलगायत ७५ जना रहेको कमिटी गठन गरेको केन्द्रीय सदस्य सारदा शर्माले बताइन् ।
सो भेलालाई केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतले सम्बोधन गरेका थिए । सोही स्थानमा भएको भेलाले प्रगतिशील नेपाल शिक्षक संगठन जिल्ला समिति पनि निर्माण गरेको छ ।
अर्जुनधारा १ स्थित गणेश आधारभुत बिद्यालयका शिक्षक डिल्ली सुबेदीलाई अध्यक्षमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रेम राई, सुनिता थापा, सचिबमा राजन वाग्ले, सह सचिबमा खेम गुरागाई, कोशाध्यक्षमा नारायण चौलागाईंलगायत ३१ जना रहेका छन् ।
भद्रपुरमा युवा संघ
युवा संघ भद्रपुर नगरकमिटीको गठन भएको छ। डम्बर गुरुङ्गको अध्यक्षतामा ५१ सदस्य रहेको युवासंघ भद्रपुर नगरकमिटी गठन भएको हो ।
युवा संघका केन्द्रिय सचिव प्रत्युस रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिद्वय नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्यहरु पुस्पराज पोखरेल र लोकबन्धु कन्दङ्वा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु समेतको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता पदम लिम्बू र संचालन सानुकुमार लामाले गरेका थिए ।