विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा कान्तीपुर र ग्रिनल्याण्ड विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा शनिबार भएको खेलमा कान्तीपुर कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका हुन् । पहिलो खेलमा कान्तीपुरले मेरिल्याण्डलाई ८ विकेट पराजित गदैृ क्वाटरफाइनलमा तथा दोस्रो खेलमा ग्रिनल्याण्डले कोबास कलेजलाई ८७ रनको फराकिले रन अन्तररले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित १५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ६ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । जस्मा मिकीहङ तुम्ब्रकले २३ रन,मिथलेश पोद्धारले १४ रन र यमेश साहले १३ रनको योगदान दिएका थिए । कान्तीपुरका सुमन यादवले ३ विकेट र पप्पु मण्डलले २ विकेट लिए ।

जवाफमा १ सय ७ रनको चुनोती पछ्याएको कान्तीपुरले २ बल बाकी रहेको अवश्थामा २ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । कान्तीपुरका लागि म्यान अफ द म्याच पप्पु यादवले अविजित ३७ रनको योगदान दिँदा भोला सेठले अविजित २४ रन र नवराज संग्रोलाले २० रनको योगदान गरे । मेरिल्याण्डका रोहित पोद्धार र अभर मण्डलले २–२ विकेट लिए ।

IMG_5950

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३९ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा अनिल यादवले २६ रन बनाउँदा दिपक विकले अविजित २३ रन र रन्जित यादवले १९ रनको योगदान दिए । कोबासका रितिषराज कार्की र सीन्दप दासले १–१ विकेट लिए । जवाफमा १ सय ४० रनको विशाल लक्ष्य पछ्याएको कोवासले अनिल यादव र दिपेश कामतको घातक वलिङसामु घुँडा टेक्दै सवै विकेट गुमाउँदै ९ ओभरमा ५२ मा रनमा सिमित भयो । जस्मा दिपेश मण्डलले १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । ग्रिनल्याण्डका म्यान अफ द म्याच अनिल यादवले ४ विकेट र दिपेन कामतले ३ विकेट लिए ।

पुष ३० गतेसम्म हुने प्रतियोगितामा हिसानमा आवद्ध भएका जिल्लाका १३ वटा कलेजका १ सय ९५ खेलाडीहरूको सहभागि हुने अध्यक्ष राजेश कार्कीले जानकारी दिए । हिसान आवद्ध कलेजका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्ट खेलाडी र कुशल समाज निर्माण गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरेको अध्यक्ष कार्कीले बताए । प्रतियोगिता आयोजना गर्न करिब ४ देखि लाख खर्च हुने अध्यक्ष कार्कीले बताए । आइतबारको पहिलो खेल शिक्षदिप कलेज र अर्किड कलेज र दोस्रो खेल लर्डबुद्ध कलेज र नेशनल कलेज विच हुने छ ।

IMG_5928