‘सूर्यवंशी’ को फाइनान्स कम्पनी ‘ब्लूचिप’ नेपाली फिल्म बनाउन तयार

  • पुस २४, २०७८
  • १२५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः बलिउड फिल्महरु ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । शनिवार  राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने- ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उनले आफूले नेपाली फिल्म ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे ।

bluechip (2)

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ -सिइओ सोनीले भने ।

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा। प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह(प्रायोजकको रुपमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रकाशपुर र बाङ्गेबाट प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ

बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर र बराहक्षेत्र ७ बाङ्गेबाट नियन्त्रित लागु औ ...

उदयपुरमा भएको सवारी दुर्घटनामा १ को मृत्यु, ५ घाईते

उदयपुरः उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत् ...

जग्गा कारोबारमा सुनसरी जिल्ला देशकै पहिलो, एक महिनामै ३२ सय लिखत पारित, इनरुवा र विराटनगरबाट एक महिनामै १०/१० करोड राजश्व

इहटरीः देशभरीको तथ्यांक हेर्दा सुनसरी जिल्लाको मालपोत कार्यालय इनरुवा जग्गा कारोबारमा एक नम्बरमा परे ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2022 - pradeshportal.com All rights reserved