इटहरीः माघ तीन गतेदेखि आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गर्ने भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिको आइतबार बसेको बैठकले हवाई उडानमा भिडभाड कम गर्न भन्दै खोप हानेका यात्रुलाईमात्र बोर्डिङ्ग पास उपलव्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको बताइएको छ ।
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला २५ जना भन्दा बढि भेला हुन नदिने र विद्यालयहरु समेत बन्द गर्ने निर्णय गरेको छ ।