हिसान क्रिकेटमा शिक्षादिप र लर्डबुद्ध कलेज विजयी

  • पुस २५, २०७८
  • १३४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज आइतबार भएको खेलमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका हुन् । पहिलो खेलमा शिक्षादिपले अर्किड कलेजलाई ५ विकेट पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष राईले २७ रन बनाउँदा सुमन सुन्दास र मनिष रजकले २०–२० रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले ३ विकेट लिँदा सुरज यादवले २ र दिपेश कडेलले १ विकेट लिए ।
जवाफमा १ सय ३० रनको चुनोती पछ्याएको शिक्षादिपले नेपालका यू–१९ का अन्र्राष्ट्रिय खेलाडि दिपेश कडेलको अर्ध सतकको मद्दतले १८ दशमलव ५ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । म्यान अफ द म्याच दिपेश कडेलले अविजित ५८ रनको योगदान दिए । उनले ३२ बलमा २ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै सोमराज गणेशले २० रनको योगदान दिए । अर्किडका सुमन सुन्दासले सर्वाधिक ३ विकेट लिए ।

IMG_5983
दोस्रो खेलमा लर्डबुद्ध कलेजले नेशनल कलेजलाई ५० रनले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाई १ सय ७ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा विवेक साहले ३१ रन बनाउँदा सुमित शर्माले २० रनको योगदान दिए । नेशनलका सज्जाद आलमले सर्वाधिक ३ विकेट लिए । जवाफमा १ सय ८ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारत पुरै ओभर खेल्दै ८ विकेट गुमाई ५७ मा रनमा सिमित भयो । जस्मा आदेश साहले ५७ रन बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।
लर्डबुद्धका म्यान अफ द म्याच अनिष कोइराला,राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए । सोमबारको पहिलो खेल भानु कलेज र सगरमाथा कलेज र दोस्रो खेल अरनिको कलेज र विकेभिएमविच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved