विराटनगरमा तेश्रो संस्करणको ईन्टर लियो रनिङ शिल्ड फुटसल कप हुने

  • पुस २६, २०७८
  • २०६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ ।
यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको छ । ३ दिवसीय खेलमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका १६ वटा क्लबहरुको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खेलमा सुनसरीको ६, मोरङको ७ र झापाकोे ३ वटा क्लब सहभागी हुुने क्लबका अध्यक्ष सुनिल यादवले बताए । उनले खेलकुदलाई प्रोत्साहन, युवाहरुको प्रतिभा प्रस्फुटन र मैत्रीपुर्ण भावना जागृत गराउने उद्देश्यका साथ खेलको आयोजना गर्न लागिएको जानकारी दिए ।
बुुधबार बिहान साढे ७ बजेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन ८ र दोश्रो दिन ६ वटा खेल हुने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगिताको अन्तिम दिन फाईनल खेल मात्र हुनेछ । ३ दिवसीय इन्डोर फुटबल प्रतियोगितामा भने कुल १५ वटा खेल हुने जनाईएको छ ।
प्रतियोगिताको विजेताका क्लबले प्रमाण–पत्र, मेडल र शिल्ड सहित रु. २५ हजार नगद पुरस्कार र उप–विजेताका लागि मेडल र प्रमाण–पत्र सहित १० हजार नगर पुरस्कारको व्यवस्था गरेको छ । यसका साथै म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट, बेस्ट गोल किपर र बेस्ट स्ट्राइकरका लागि पनि मेडल र पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका पुर्व अध्यक्ष मनोज तिवारीले जानकारी दिए ।
यही बुधबारदेखि सुरु हुने खेलमा भने १८ देखि ३० वर्षका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले यसअघि दुईपटक ईन्टर लियो रनिङ शिल्ड फुटसल कप आयोजना गरिसकेको छ । पहिलो संस्करणको खेलमा १० र दोेश्रो संस्करणको खेलमा १२ वटा टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved