बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकालाई गत पौष १५ गते एक औपचारिक कार्यक्रम आयोजना गरी नगरप्रमुख निलम खनालले सूचना पार्टी अनावरण गरेर धूम्रपान तथा मद्यपान निषेधित क्षेत्र घोषणा गरे । जसअनुसार नगरपालिका भित्रका विद्यालय, क्याम्पस तथा धार्मिक स्थलको ५ सय मिटर वरपर धूम्रपान तथा मदिरा बिक्री वितरण गर्न पाइने छैन् ।

वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको साझेदारीमा लागूपदार्थ दुव्र्यसनीलाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यले विद्यालय तथा धार्मिक स्थलको ५ सय मिटर वरपर चुरोट, मदिराजन्य पदार्थ, खैनी, गुट्खा जस्ता बस्तुहरूलाई बिक्री वितरण निषेधित क्षेत्र घोषणा गरेको हो ।
तर,बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ११ मा रहेको जनता माबि (मधुवन) र ५ नम्बर वार्डमा रहेको जग्गनाथ डेडराज जनता माविले यस अनुरोधलाई अस्विकार गरेको पाइएको छ । जनता माविको छेउमै रहेको एक पसलमा मदिराजन्य पदार्थको बिक्रीवितरण हुने गर्दछ भने जडेज माबिका कर्मचारीले नै मदिरा बिक्रीवितरण गर्दछन् ।
०७४ र ०७५ सालमा नेपाल सरकारले ‘उत्कृष्ट सामुदायिक विधालय’ (सुनसरीभरको) घोषणा गरेको यस विधालयका कर्मचारी (सुरक्षाकर्मी) देब बहादुर कार्कीले ‘भोजपुजे होटल’नामक होटल संचालन गरि चुरोट, गुट्का, रक्सी बिक्रीवितरण गर्ने गर्दछन् । उनले संचालन गरेको उक्त होटल विद्यालयको सटरमै अबस्थित छ ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज ढुंगाना (ऋषी)ले पाँच दर्जनबढी सटरहरुमध्ये १ र २ वटामा मदिराजन्य पदार्थ बिक्रीवितरण भइरहेको स्वीकार गरेका छन् । उनले भनेका छन्–, सम्बन्धित व्यापारीहरुलाई मदिरा र धूम्रपानजन्य पदार्थ नबेच्न पत्र लेखिसकेको छौ ।