इटहरीका व्यवसायी कमल पौडेलको निधन

  • पुस २९, २०७८
  • १५८६५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः गएको सुक्रबार मात्रै ‘अस्पताल बसाईको असहजतामा पनि चित्त बुझाएर हाँस्न मन लाग्यो किन कि अरुको पीडा अगाडी मेरो पीडा त ५/१० % मात्र रहेछ ’ स्टाटस सहित आफ्नो फेसबुकमा हाँस्दै अस्पतालको बेडमा बसेको फोटो अपलोड गरेका इटहरीका स्थापीत व्यवसायी कमल पौडेलको बुधबार दुःखद निधन भएको छ । उनको काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
वीपी प्रतिष्ठान धरानमा उपचार गराईरहेका उनि प्रतिष्ठानले उपचारमा बिषेश ध्यान नदिएकाले राम्रो उपचारका लागि केही साताअघि मात्र ग्राण्डी अस्पताल भर्ना भएका थिए । उनलाई हृदयघात भएको उनीसंगै अध्ययन गर्ने रामबाबु प्रसाईले जानकारी दिए । सवारी दुर्घटनामा परेका उनको खुट्टामा चोट लागेको थियो । आफैले चलाएको कारलाई धरानको तीन कुनेमा पुगेपछि धरानबाट इटहरी आउँदै गरेको बसले ठक्कर दिएको थियो । कारको एयर व्याग तत्कालै खुलेका कारण पौडेल र उनकी जीवनसंगिनी घाइते भएका थिए ।
प्रहरीले उद्धार गरि घाइते दुवैलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा पौडेललाई कोरोना संक्रमण भएको थियो । चार पटकको परिक्षणपछि उनको रिर्पोट नेगेटिभ आएको थियो । केही दिनको उपचारपछि पौडेलकी जीवनसंगिनी अन्नपूर्ण पौडेल डिस्र्चाज भएकी थिइन् । पौडेलको खुट्टामा समस्या भएपछि प्रतिष्ठानमै रहेर उपचार गराईरहेका थिए । उनले १६ डिसेम्बर फेसकबुकमै स्टाटस लेखि दुर्घटनामा परि टुटफुट हुनु सामान्य हो भन्दै अस्पतालमा आएर स्वास्थ्य लाभको कामना गर्ने, सहानुभुति प्रकट गर्नेहरुलाई आभार व्यक्त गरेका थिए । प्रतिष्ठानले उनको उपचारमा वेवास्था गरेपछि उनि राम्रो उपचारका लागि ग्राण्डी अस्पताल गएका थिए । वीपीमा भर्ना हुँदा उनको उपचारका प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक डा. राजीव महर्जन र डा. विक्रम श्रेष्ठ सहभागी थिए ।

kamal dai 2
पौडेलले २९ डिसेम्बरमा आफ्नो फेसबुकमा सवारी दुर्घटनामा परि अस्पताल भर्ना भएपछि प्रेसर तलमाथि भएको जनाउ दिएका थिए । १२० का मुनी ८० मेन्टेन गरेको मान्छे दुर्घटनामा परि अस्पताल भर्नापछि १४० का मुनी १०० हुँदैछ । यसो अनुसन्धान गर्दै जाँदा मनमा अनेक खालका कुरा खेल्दा प्रेसरको अवस्था यस्तो हुन आएको मेरो बुझाई छ । भन्ने स्टाटस लेखि आफैलाई चित्त बुझाएका थिए । यसैबीच उनको निधनले इटहरीलाई अपुरणीय क्षति भएको जनाउँदै इटहरीका व्यवसायी, राजनितिकर्मी, समाजसेवी , उनका सहपाटी लगायतले फेसबुकमार्फत स्टाटस लेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

प्रकाशपुर र बाङ्गेबाट प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ

बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर र बराहक्षेत्र ७ बाङ्गेबाट नियन्त्रित लागु औ ...

उदयपुरमा भएको सवारी दुर्घटनामा १ को मृत्यु, ५ घाईते

उदयपुरः उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत् ...

जग्गा कारोबारमा सुनसरी जिल्ला देशकै पहिलो, एक महिनामै ३२ सय लिखत पारित, इनरुवा र विराटनगरबाट एक महिनामै १०/१० करोड राजश्व

इहटरीः देशभरीको तथ्यांक हेर्दा सुनसरी जिल्लाको मालपोत कार्यालय इनरुवा जग्गा कारोबारमा एक नम्बरमा परे ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2022 - pradeshportal.com All rights reserved