इटहरी :प्रहरीले पेस्तोल र गोली सहित सुनसरीबाट ४ जनाको समुहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमासादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

sunsari police
पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका –७ घुस्कीका २० बर्षीय सबिर मिया, ३१ बर्षीय सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षिय फरियाद अन्सारी रहेको प्रहरीले बताएको छ । प्रहरीले सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरेको हो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो ।
यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खुलेको र अन्य तीन जनालाई हतियार सहित पक्राउ गरेको थियो । सवरेज मिया सहित अन्य तीन जनालाई बिहिवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिनका साथमा उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हातहतियार सहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाएर कारबाहि गरिने भएको छ । थप अनुसन्धान समेत भईरहेको प्रहरीले बताएको छ ।