इटहरीः अंकुर बचत तथा ऋण सहकारी संस्था इटहरीको ११ औ बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । इटहरी ३ स्थित तालतलैयामा भएको साधारणसभामा संस्थाको अध्यक्ष सन्दिप पौडेलले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र प्रस्तावित प्रस्तावहरु माथी छलफल भएको थियो ।

सहकारी अभियन्ता तथा बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीको महिला उपाध्यक्ष बिमला प्रधानको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितीका संयोजकले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका बिशिष्ठ अतिथिहरु हेमानन्द दाहाल, बिकास केसी, भिम पौडेल, बिमल पौडेल, रोहित प्रसाई तथा हेमकर्ण पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

271563984_491010052368481_337350360066164352_n

सहभागी तथा अतिथीहरुलाई संस्थाका संचालक तथा ऋण उपसमिती संयोजक प्रोक्षण पोख्रेलले स्वागत मन्तव्यले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाको संचालक सदस्य तथा शिक्षा, तालिम र सुचना उपसमिती संयोजक निर्मला चौधरीले गरेकी थिइन् । साधारणसभासंगै शेयर सदस्यहरु बिच बनभोज कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

271091647_366362558634694_5661301363793436084_n