इटहरी :प्रहरीले मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्ला मिक्लाजुङ गाऊपालिका वडा नम्बर ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले बताएको छ । शुक्रबार बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको बताएको छ । राइको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।