इटहरीः इटहरी ५ जनता क्याम्पस नजिकै रहेको प्राविधिक शिक्षा तालिम परिषद (सिटीभिटी) प्रदेश नम्बर १ कार्यालयका लेखा शाखा प्रमुख सरोज कुमार दाहालेको कोरोना संक्रमणका कारण सुक्रबार निधन भएको छ ।
विराटनगर निवासी दाहाल कोरोना संक्रमण भई करिब ४५ दिनअघिबाट उपचार गराईरहेका थिए । उनको उपचारकै क्रममा सुक्रबार विराटनगर स्थित नोबेल अस्पतालमा निधन भएको सोही कार्यालयका कर्मचारी नारायण आर्चायले जानकारी दिएका छन् । मिजासिला स्वभावका उनको निधनले कार्यालयमा मात्र नभई देशलाई अपुरणीय क्षति पुगेको उनले बताए ।