हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसको कब्जामा

  • माघ १, २०७८
  • ३९३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा हिजो (शुक्रबार) भएको फाइनल खेलमालाई अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशी उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय २ रनको स्कोर खडा गरेको थियो । अरनिकोका अंकित मण्डलले १८ रन बनाउँदा दिप स्वर्णकारले १५ रन र सुमन मण्डलले १४ रनको योगदान दिएका थिए । कोशीका रञ्जन कामतले २ लिँदा अमित रोयले पनि २ विकेट लिए ।

Arniko
जवाफमा १ सय ३ रनको चुनौती पछ्याएको कोशीले १७ ओभरमा २ विकेट गुमाई सो विजयी लक्ष्यपार गरेको थियो । कोशीका म्यान अफ द फाइनल वितेश यादवले ४१ रन बनाउँदा रोहन विकले नटआउट ३८ रनको योगदान दिए । अरनिकोका चन्दन यादव र राहुल नायकले १–१ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि अरनिकोका अंकति मण्डल घोषित हुँदा उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याटर कोशीका रोहन विक घोषित भए । पुष २४ गतेदेखि शुरु भएको क्रिकेटमा हिसानमा आबद्ध १३ कलेजको सहभागि रहेको थियो ।
विजेता तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ट उपाध्यक्ष अमित ढकाल र हिसान मोरङकाका सल्लाहाकार ज्ञानबहादुर खडकालगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

 

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved