इटहरीः इटहरी उपमहानगरपालिका ६ बाट मोटरसाईकल चोरी गर्ने बराहक्षेत्रका मनिष सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जनाको समूहले पौष २९ गते बिहिबार ४ बजेको समयमा इटहरी ४ निवासी मानबहादुर तामाङको मोटरसाईकल इटहरी ६ बाट चोरी गरेका थिए । 

उनिहरुले तामाङको प्र-१-०२-०४६ प ८७९० नम्बरको मोटरसाईकल चोरी गरेका थिए । चोरीमा संलग्न सुनसरीको वराहक्षेत्र नपा.वडा नं.५ स्थायी घर भई इटहरी उमनपा वडा नं.०४ डेरा गरी वस्ने वर्ष २२ का मनिष वस्नेत र संखुवासभाको सभापोखरी गापा वडा नं-०४ वस्ने वर्ष २० को सन्तोष सुनुवारलाई चोरीको मोटसाईकल सहित पक्राउ गरिएको हो ।

IMG_2629

उनिहरु बस्ने गरेको डेराबाट लुकाई राखेको अवस्थामा १ किलो २५० ग्राम गाँजा, पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्रि, डिजिटल तराजु, बिभिन्न किसिमको हेलमेट तथा बिभिन्न कम्पनीका मोबाईल सेट ७ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनिहरु उपर बिहिबार नै लागु औषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धि कसुरमा जिल्ला अदालत सुनसरीवाट म्याद थप गरि थप अनुनसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरिक्षक केशब कटवालले जानकारी दिएका छन् ।