इटहरीः सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाले माघेसक्रान्तिको अवसरमा इटहरी १९ तरहरामा शनिवार आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा ‘ए’ टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ ।
आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी हात पारेको हो । फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको ‘बी’ टिममा पाँच टिम सहभागी मध्ये ‘बी’ टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको छ । बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमला र सुनमायाको टिमले दोस्रो स्थानमै रोकिन पर्यो । उमेरले ६६ बर्ष पुगेका किशोर राईको जोशिलो खेल खेलेका थिए ।
पूर्व भारतीय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो । प्रमुख अतिथि राईले खेलले मानिसलाई अनुशासित बनाउने बताए । उमेरले ६३ बर्ष पुगेका राई अहिले पनि बिहान बेलुका उतिकै जोशका साथ ब्याडमिन्टन खेल्दै आएका छन् ।

270047304-1921880041333753-2563048632752282195-n
प्रतियोगिता आयोजक संस्था सिटिजन लाइफ इन्सुरेन्सका तरहरा प्रमुख सुजन श्रेष्ठले खेलले मानिसलाई स्वास्थ्य राख्ने बताउँदै इन्सुरेन्स भबिष्य भएको बताए । सिटिजन लाइफमा इन्सुरेन्स गरेर कोह पछुताउनु नपर्ने उनको भनाइ थियो ।
प्रतियोगितामा ‘ए’ टिमबाट दिलप्रसाद राई, बिकाश गुरुङ , भुमी राई ,चन्द्र बस्नेत ,जयबहादुर खड्का , सेवेन कुमार राई , अक्षय राई , मेम कुमार राई , धर्म देब राई , देव तामाङ , नारायण गुरुङ, ज्ञान बहादुर श्रेष्ठ लगायत खेलाडीले भाग लिएका थिए । ‘बी’ टिम तर्फ आनन्द राई , सरिता राई , लिला राई , कौशिला गुरुङ, मनु राई र इन्द्र कुमार राईले प्रतियोगितामा सहभागी भएका थिए ।