इटहरीः सुनसरीको बर्जु गाँपालिका ५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया १० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया १९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् ।

केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।