इटहरीः धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न प्रमुख जिल्ला अधिकारीको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले पार्टी प्यालेस सन्चालन गर्न पाइने तर प्यालेसको पुर्ण क्षमताको एक तिहाई क्षमताको मात्रै सदुपयोग गरेर विवाह, वर्तबन्ध जस्ता सास्कृतिक कार्य गर्न दिने निर्णय गरेको हो । तर कार्यक्रम गर्नु अघि प्रमुख जिल्ला अधिकारीको अनुमति अनिवार्य रुपमा लिनु पर्ने व्यावस्था गरिएको छ ।

त्यसैगरी एक पटकमा २५ जनामात्रै भित्र छिराउन पाउने गरी सपिङ्ग मलहरुले आफ्नो सेवा जारी गर्न पाउने भएका छन् । भिडभाड नियन्त्रण गर्न र सामाजिक दुरीलाई कायम राख्दै एक पटकमा २५ जनामात्रै रहने गरी डिपार्टमेन्ट स्टोर र सपिङ्ग मलहरु सन्चालन गर्न पाउने सरकारको भनाई छ ।