विराटनगरमा १३७ सहित प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

  • माघ २, २०७८
  • २२७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा ३–३, रतुवामाई, कटहरी र बेलबारीमा २–२, जहदा, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहवीमा ३–३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ६८० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved