ओमिक्रोन संक्रमण भए के गर्ने ? पढ्नुहोस् डा.रवीन्द्र पाण्डेको दश स्वास्थ्य टिप्स

  • माघ २, २०७८
  • ४८५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।

१.कडा रुघा वा जीउ दुख्ने र जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।
२.पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने र पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।
३. बिभिन्न अनुसन्धानले देखाएका छन, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।
४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंकफुड् नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।
५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्ने ।
६. ज्वरो आएमा र टाउको दुखेमा र शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट र कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घाँटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।
७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने ।
. अक्सिमिटरले अक्सिजन नापिरहने ।
९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने । 
१० .अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved