सोलुः सोलुखुम्बु माप्य दुधकोशी गाउँदपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
वाङदी शेर्पाले गए राती पौने १२ बजे सोही स्थानका ५२ बर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली गई वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।