बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ५ मा रहेको जग्गनाथ डेडराज जनता माबिका व्यवस्थापन समिति अध्यक्ष पुष्पराज ढुंगाना (ऋषि) को शैक्षिक योग्यताबारे प्रश्न उठ्न थालेको छ । सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान अनुरुप शैक्षिक योग्यता नरहेको बुझिएपछि अध्यक्ष ढुंगानामाथि प्रश्न खडा भएको हो ।
अध्यक्ष ढुंगाना झन्डै डेढ वर्षअघि सर्वसम्मत रूपमा चयन भएका थिए ।

शिक्षा नियामावली, २०५९ (अन्तिम संसोधित) का अनुसार माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उतिर्ण गरेको हुनुपर्छ । यद्यपि बराहक्षेत्र नगरपालिका शिक्षा सम्बन्धित एकीकृत कार्यबिधी, २०७५ को परिच्छेद ५ को बुँदा नम्बर २९ मा सामुदायिक विधालयको व्यवस्थापन समिति अध्यक्ष वा सदस्य हुन नसक्ने अबस्थाअन्तर्गत शैक्षिक योग्यताबारे व्याख्या गरिएको छैन् ।

jadeja mabi
प्रदेशपोर्टलसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले आफू २०५५ सालमा एसएलसी दिएको दाबी गरेका छन् । तर, कुन विद्यालयबाट दिएको भन्नेबारे खोल्न मानेनन् ।
उनले भनेका छन्,– ‘मैले ं२ पास गरेको छैन् तर १० कक्षाको डकुमेन्ट मसँग छ । उनी थप्छन्, मैले दाबी गर्दैगर्दा अरु कसैको दाबी नपरेकाले म सर्वसम्मत अध्यक्ष भएको हुँ ।’
जडेज माबि विसं २०७४ र ०७५ सालमा नेपाल सरकारले उत्कृष्ट सामुदायिक विद्यालय (सुनसरीभरको) घोषणा भएको थियो ।

kanuna kitab