इटहरीः नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट समावेशी समूहको मधेसी खुल्ला तर्फ ४ जना र मुस्लिम तर्फ ३ जना निर्वाचित भएका छन् ।
मधेस तर्फ ४ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा १२ जनाको उम्मेद्वारी दर्ता भएको थियो । जसमा अशोककुमार मेहताले ८४३ मत, विनोदकुमार झाले ७४३ मत,सुनिल साहले ६७७ मत र तरानन्द मटियैतले ६३६ मत प्राप्त गरि जिल्ला सदस्यमा विजयी हासिल गरेका हुन् ।
मुस्लिम खुल्ला तर्फ ताहिर अन्सारी ४५५ मत, अताबुल अन्सारी ४०३ मत र फिरोज अली ३८६ मत प्राप्त गरि जिल्ला सदस्य पदमा विजयी भएको निर्वाचन प्रमुख गोबिन्द मिश्रले जानकारी दिएका छन् ।
त्यसैगरि दलित महिला तर्फ सावित्रा परियारले ६४९ मत प्राप्त गरि जिल्ला सदस्य पदमा विजय हासिल गरेकी छन् । १ पदका लागि ४ जनाको उम्मेद्वारी परेको थियो । थारु खुल्ला तर्फ ४ पदका लागि भएको निर्वाचनमा ११ जनाको उम्मेद्वारी परेको थियो ।
जसमा शिवनारायण चौधरीले ७९६ मत, शंकरलाल चौधरी ७९१, हेमनारायण चौधरी ७९० र गिरीधारी चौधरी ६९१ मत ल्याई जिल्ला सदस्य पदमा विजय भएका हुन् । थारु कै महिला तर्फ २ पदका लागि भएको निर्वाचनमा ३ जनाको उम्मेद्वारी परेको थियो । जसमा अम्बिकादेवी चौधरीले ८९० मत र कलावती थरुनीले ८७६ मत प्राप्त गरि विजय हासिल गरेका हुन् ।