पोर्चुगलः नेपालमा मात्रै होइन्, प्रवासमा समेत नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को आकर्षण बढ्ने क्रम दिनप्रति दिन बढीरहेको छ । पछिल्लो समय आइतवार(हिजो) पोर्चुगलमा प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको कार्यसमिति गठन भएको छ ।
गठन भएको २१ सदस्यीय मञ्चको अध्यक्षमा प्रवासी नेपाली मञ्च तथा एनआरएनए पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मनमोहन पासवान, गणेश बुढा, महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल, निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रक्षा पुन ,सुशील अधिकारी बाबुलाल कुमाल ,चयनकुमार पुन ,सुरेन्द्र राई,अमर गुरुङ ,अनिता थापा ,रोमन बुढा ,जुन कुमारी बुढा ,सरस्वती गुरुङ ,मान ब। तामाङ ,थमन थापा मगर ,तेजकुमारी पुन र डिबि गुरुङ चयन भएका छन् ।