इटहरीः नेकपा एमाले सुनसरीमा २३ बर्षिया आरती भट्टराई जिल्ला सदस्यमा निर्वाचित भएकी छिन् । वराहक्षेत्र भूगोलबाट महिला सदस्यमा उम्मेदवारी दिएकी आरतीले ९०२ मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् ।

जिल्ला सदस्य सँगै भट्टराई अहिले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सचिवालय सदस्य समेत रहेकी छिन् । भट्टराई सहित वराहक्षेत्रबाटै नन्दकुमारी राई समेत जिल्ला सदस्यमा निर्वाचित भएकी छन् ।

वराहक्षेत्र भूगोलबाट महिला कोटामा ४ जना उम्मेदवार मध्ये राई र भट्टराई जिल्ला सदस्यमा निर्वाचित भएका हुन् ।