प्रदेश १ मा सबै भन्दा बढीमा कोरोना संक्रमण, २ जना पुरुषको मृत्यु

  • माघ ३, २०७८
  • २५७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ६१७ जनामा कोरोना संक्रमण भएको छ । २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७–७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १–१, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाहृदशी र कचनकवलमा २–२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved