प्रेस युनियन सुनसरीले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरूको ७ लाख बराबरको निः शुल्क दुर्घटना बीमा गर्ने

  • माघ ३, २०७८
  • २४९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।
अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको छ । ‘गत वर्ष हामीले सञ्चारगृहमा आवद्व र नागरिकताको प्रतिलिपि मात्रै मागेका थियौँ,’ उनले भने, ‘यस वर्ष भने सञ्चार गृहको नियुक्ति पत्र पनि अनिवार्य गरिएको छ ।’
उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।
आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ । युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए । उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले व्यहोर्ने छ ।
उनका अनुसार यसअघि बीमा गरिएकामध्ये विराट गौतम (अनुपम), बुलेट खतिवडा, रमेश कुमार राई र चन्दन रौनियार दुर्घटनामा परेका थिए । उनीहरूमध्ये अनुपम र राईको बीमा वापतको रकम हस्तान्तरण गरिसकिएको छ भने दुईजनाको केही दिनमै हस्तान्तरण गरिने बताइएको छ ।
गत वर्ष बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ । यस्तै, बीमितको मृत्यु भएमा सात लाख सम्म प्राप्त हुने बताइएको छ ।
कागजात बुझाउनका लागि इटहरीका लागि विनय बाह्रकोटीः ९८५११०४५३८, धरानका लागि मात्रिका नेपाल ९८५२०७५७३०, इनरुवाका लागि टोमराज मेहेता ९८४२५०६०३३, बराहक्षेत्रका लागि संगम विष्ट ९८६३४२३७७९, रामधुनीका लागि विनोद आचार्य ९८१९०६४२०८, र दुहबीमा आशिष यादवलाई ९८५२०२५७२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसबाहेक जिल्ला सचिव विवेक भट्टराई ९८५२०३५७६४ र अध्यक्ष पवन अधिकारीलाई ९८५२०४८९९६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved