उदयपुरः उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन । मृत्यु हुनेमा कटारी ८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन ।

सोमबार बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भईरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी ८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।