इटहरी :नाम विहिन बनेको प्रदेश १ ले माघ महिनामै आफ्नो नाम पाउने प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।
मंगलबार बिराटनगरमा सन्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री राईले प्रदेशको हिउँदे अधिवेसन माघ २० बाट सुरु गर्ने तयारी भइरहेकोले प्रदेशको नामाकरण सम्बन्धि प्रस्ताव संसदमा लैजान भुमिका निर्वाह गर्ने बताएका छन् । प्रदेश नामाकरणको बिषय संसदले गर्ने भएकाले यहीँ अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन आफुले सहजिकरण गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।
प्रदेश २ ले पनि प्रदेशको नामारण टुँग्याएपछि एक हिसावले प्रदेश एकमा दवाव बढेका कारण यसै अधिवेसनबाट प्रदेश एकले नाम पाउनेमा आफु आशावादि रहेको उनको भनाई थियो ।
आफ्नो कार्यकाल सुरु भएपछि संसद बैठक नबसेको र प्रदेशको नामाकरण संसदले टुङ्गो लगाउने विषय भएकाले त्यसमा सहजिकरण आफुले गर्ने मुख्यमन्त्रीको भनाई छ ।