इटहरी :क वर्गको वाणिज्य बैँक सेञ्चुरी कमर्सियल बैंकले आफ्नो एघारौं वार्षिक साधारण बाट बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।
बँैकले आफ्नो चुक्ता पुँजीको ५.७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको हो ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७७÷०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाहविवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ । साथै सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
बँैकले देशभर १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १०८ एटीएममार्फत वित्तीय सेवा दिँदै आएकोे छ ।