बिराटनगर:बिराटनगरको कोशि अस्पतालमा २५ स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोनाको तेस्रो लहर फैलिएसँगै अस्पतालका ९ चिकित्सक सहित ४६ कर्मचारी संक्रमित भइसकेका अस्पतालले बताएको छ ।
संक्रमित हुनेमा १७ जना नर्स र बाँकी कार्यालय सहयोगी, सफाइ कर्मचारी र पारामेडिक्स भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
मंगलबारको पीसीआर रिपोर्टमा दुई वरिष्ठ चिकित्सक सहित ५ संक्रमित थपिएको बताइएको छ भने अन्य ३ मा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी समेत संक्रमित भएका छन् । यसअघि सोमबारसम्म अस्पतालका ७ चिकित्सकसहित ४१ कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमितमध्ये २ प्रयोगशालाकर्मीसहित ४ सहयोगी कर्मचारी निको भएका छन् । अन्य होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
ठुलो संख्यामा स्वास्थ्यकर्मि र कर्मचारी संक्रमित भएकाले अस्पतालको सेवा यसै भन्ने अवस्थामा नरहेको प्रशासनको भनाई छ । अहिलेसम्म भने अस्पतालको कुनै पनि विभाग बन्द गरेको छैन तर यसैगरि संक्रमण बढिरहेमा आउँदा दिनमा केही भन्न नसकिने अस्पतालको भनाई छ ।

कोभिड १९ संग मिल्दा जुल्दा लक्षण देखिएका केहि कर्मचारी होम आइसुलेसनमा छन् भने पुष्टि भएकाहरु उपचार गराइरहेका छन् ।