इटहरीः कोभिड १९ को प्रभाव कम नभएपछि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नर्गन सफारिस गरेको छ ।
यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न रोक लगाइएको थियो भने माघ १६ गते देखि २० गते सम्म १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप हान्ने प्रयोजनको लागि विद्यालय खुल्ला गर्न भनेको थियो । शुक्रबार साँझ बसेको सिसिएमसीसीको बैठकले खोप हानेपछि पुन विद्यालयहरु माघ मसान्त सम्मनै बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छिन् ।
यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
निजि विद्यालयहरुको छाता संगठन प्याव्सनले भने स्वास्थ्य मापदण्ड पालना गरेर खोप हानिसकेपछि विद्यालय खोल्ने प्रस्ताव शिक्षा मन्त्रीलाई राखेको छ । कोभिड १९ संकट व्यावस्थापन केन्द्रले गरेको सिफारिसमा शिक्षा मन्त्रालयले निर्देशन दिएपछि मात्रै अन्तिम निर्णय कार्यान्व्यनमा जान्छ ।

















