इटहरीः तामााङ जातिको महान चाड सोनाम ल्होसारको अवसरमा प्रदेश नंम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले बुधबार एक शुभकामना वत्तव्य जारी गर्दै माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ जातिको नयाँ वर्ष भएकाले प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने गरेको भन्दै सम्पुर्णमा शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राइको शुभकामना वत्तव्यमा ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन भएको र सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका चित्रहरू अंकित ध्वजापताका टाँगेर पूजाअर्चना गर्ने गरेको बताएका छन् । त्यस्तै परम्परागत पहिरनमा सजिएर एकै ठाउँमा भेला भई तामाङ सेलो गाएर नाचगान रमाइलो गरिने यो चाडमा नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको खुलाएका छन् ।

272878651_707892817260433_5680224969888163012_n
नेपालको संविधानले स्वीकारसमेत गरेको यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको बताउँदै मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताइएको छ । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै मख्यमन्त्रीले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित “ फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सोनाम ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ” उनको सन्देशमा भनिएको छ ।