इटहरीः राष्ट्रिय फोटो पत्रकार समुहले सुनसरी पनि आफ्नो समुह विस्तार गरेको छ । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारी गरिरहेका पत्रकारहरुको बिहिबार इटहरीमा बसेको भेलाले राष्ट्रिय फोटो पत्रकार समुह सुनसरी गठन गरेको हो ।
नव गठित समुहको अध्यक्षमा पत्रकार गुरु ढकाल चयन भएका छन् भने उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।

समुहका राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलामा समुह गठनअघि पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी अध्यक्ष नवीन गुरुङ, वरिष्ठ फोटोग्राफर बिशप ताम्राकार लगायतले बोलेका थिए ।
प्रेय युनियन सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको एक दिने फोटो पत्रकारीता सम्बन्धि तालिम दिन इटहरी आएका वन्तले राष्ट्रिय फोटो पत्रकार समुहले पत्रकारहरुको हितमा विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरु आयोजन ागर्ने बताएका छन् ।