इटहरीः इटहरी– ९ स्थित विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा आज दिउँसो साढे १ बजे छुरा प्रहार गरी लुटपाट भएको छ । २ जनाको समूहमा आएका लुटेराले मनी ट्रान्सफरका सञ्चालक चित्रबहादुर बस्नेतका ज्वाइँ सबिन दाहालमाथि छुरा प्रहार गरी लुटपाट गरेका हुन् । उनीहरूले कति रकम लुटपाट गरे भन्ने थाहा हुन नसकेको सञ्चालक बस्नेतले बताए ।

घटनास्थलबाट ५० मिटर टाढा रहेको प्रहरी बिटबाट समयमै प्रहरी घटनास्थल आउन नसकेको स्थानीयले बताए । कोशी राजमार्गसँगै टाँसिएको ट्रान्सफर राजमार्गबाट पूर्वतर्फ रहेको छ भने प्रहरी बिट त्यसको ठीक पश्चिमतर्फ रहेको छ । प्रत्यक्षदर्शीका अनुसार लुटेराले लुटपाट गरेपछि एक जना उत्तरतर्फ र एक जना दक्षिणतर्फ पैदलै भागेका थिए । नगद कति लुटियो भन्ने यकिन हुन नसकेको बताइएको छ ।

घाइते दाहालको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

chhura prahar itahari (3) chhura prahar itahari (5)

chhura prahar itahari (1) chhura prahar itahari (4) chhura prahar itahari (2)