सुनसहित मोरङ , झापा र मकवानपुरका ४ युवा विमानस्थलबाट पक्राउ

  • माघ २४, २०७८
  • ३२८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित मोरङ , झापा र मकवानपुरका चार युवालाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो।
प्रहरीले पदमबहादुरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मानसिंहका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको हो।
भन्सार छलेर सामान ल्याउन लगाउने गोकुललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ परेकालाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved