इटहरीः सरकारले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बैशाख ३० गते एकै पटकमा गर्ने गरी स्थानिय तहको चुनाव गर्ने निर्णय गरको हो ।

प्रद्यानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँगको परामर्शमा जेठ ४ गते निर्वाचन गर्ने परामर्श गरेका थिए भने निर्वाचन आयोगले पनि जेठ ४ मा निर्वाचन सम्भव हुने बचन दिएको थियो । जेठ ५ गते हाल कायम रहेका स्थानिय निकायका पदाधिकारीको पदावधि सकिने भएकाले वैशाखमै निर्वाचन सम्पन्न गर्नेगरी निर्णय भएको सरकारको भनाई छ ।