इटहरीः आर्थिक बर्ष २०७८/०७९ को पहिलो ६ महिनाको वित्तीय अवस्थालाई नियाल्दा वैदेशिक व्यापार तर्फ आशाको सन्चार भएको छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनालाई नियाल्दा वैदेशिक व्यापार तर्फ आर्थिक बर्ष २०७४ /०७५ देखिकै धेरै निर्यात बढेको छ भने निर्यातको तुलनामा आयात निकै कम छ । चालु आर्थिक बर्षको कुल बस्तु निर्यात ९५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको यहि अवधिमा ६ दशमलव १ प्रतिशतले वृदि भएको कुल बस्तु निर्यात यस बर्ष ९५ दशमलव ५ प्रतिशतले वृद्धि भई १ अर्व १८ अर्व ८५ करोड रुपैयाँ पुगेको छ । जसमा धेरै निर्यात भारतमा भएको छ ।
कुल निर्यातको १२१ दशमलव ८ प्रतिशत निर्यात वृद्धि भारतमा भएको छ भने ३० दशमलव २ प्रतिशतको वृद्धि अन्य मुलुकतर्फको छ । भारत र तेस्रो मुलुकको निर्यातमा वृद्धि भएता पनि चीनतर्फको निर्यातमा भने कमि आएको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनालाई हेर्दा चीन तर्फको निर्यातमा १० दशमलव २ प्रतिशतले कमि आएको नेपाल राष्ट्रबैँकले दिएको तथ्यांकले बताउँछ ।
वस्तुगत आधारमा भन्ने हो भने तेल, सोयाविन तेल, पिना, जुस, उनि गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी जस्तापाता ,तार लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्रबैँकको भनाई छ ।
उता आयात तर्फ चालु आर्थिक बर्षको ६ महिनामा आयात ५१ दशमलव १ प्रतिशतले बढेको छ । आयात ९ खर्ब ९९ अर्व ३४ करोड रुपैयाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा देशको आयात ४ दशमलव ८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश ३७ दशमलव ५ प्रतिशत, ५१ दशमलव ५ प्रतिशत र ९८ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । यसका आधारमा हेर्दा भारत र चीनबाट भन्दा अन्य तेस्रो मुलुकबाट हुने आयात ९८ दशमलव भन्दा बढिले बढेको हो । वस्तुगत आधारमा पेट्रोलिय पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधान तथा पार्टपुर्जा कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । भने एमएस विलेट, सिमेन्ट, मालासिस सुगर किटनाशक लगायतका वस्तुको अयात घटेको छ ।