बराहक्षेत्रः बराहक्षेत्र ३ स्थित बीचपानी युवा क्लवद्वारा २ आयोजित प्रथम बीचपानी खसीकप पुरुष भलिबल प्रतियोगिताको उपाधी बराहक्षेत्र ७ नम्बर वार्डले जितेको छ ।

आज (बुधबार) भएको फाइनल खेलमा आयोजक बराहक्षेत्र ३‘ए’ लाई पहिलो सेट २४–२६ र दोश्रो सेटमा २१–२५ को सोझो सेटमा पराजित गर्दै बराहक्षेत्र ७‘ए’ ले उपाधी चुम्न सफल भएको हो । उपाधिसँगै विजेताले २० केजीको खसी प्राप्त गरेको छ भने उपविजेताले २० केजी कुखुरामा चित्त बुझाएको छ ।
हिजो भएको सेमिफाइनल खेलमा वार्ड नम्बर ५ ‘ए’ लाई हराउँदै वार्ड नम्बर ७ ‘ए’ को फाइनलमा प्रवेश गरेको हो भने वार्ड नम्बर ८ लाई हराउँदै आयोजक ‘ए’ ले फाइनलको यात्रा तय गरेको थियो ।
आज भएको औपचारिक कार्यक्रममा क्लवका अध्यक्ष बलराज राईको सभाध्यक्ष्यता र समाजसेवी अमृत खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा समाजसेवी थिर बहादुर कार्की, जगत बहादुर कार्की, रमेश काफ्ले, साने लिम्बू, गोबिन्द दर्नाल लगायतले आर्थिक सहयोग गरेका छन् भने नेपाली कांग्रेस बराहक्षेत्र ३ नम्बर वार्ड कार्यसमिति सभापति पनुलाल धामीले एउटा भलिबल प्रदान गरे । प्रतियोगितामा बराहक्षेत्र नगरपालिकाभरिका विभिन्न वडाबाट ७ टिमको सहभागिता रहेको थियो ।