खोप कार्ड अनिवार्य गरिएको विरोधमा रिट दायर

  • माघ २७, २०७८
  • २३८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः सार्वजनिक सेवा पाउन कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरिएको छ ।
अधिवक्ता सल्लु तिवारी र कानूनको विद्यार्थी तथा सूचनाको हकको अभियन्ता सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै दायर गरेको रिटको आदेशमा निवेदकले रिटमा माग गरेको विषयमा लिखित जवाफ पेश गर्न भनिएको छ ।
अधिवक्ता शुभनराज आचार्यले सरकारको यस्तो निर्णयले सर्वसाधारण नागरिकको सार्वजनिक सेवाको पहुँचमा अवरोध पुगेको वताएका छन् । अधिवक्ता विनोद कार्कीले सरकारको निर्णय वदर माग गर्दै कोरोना भाइरसको खोप सहज रुपमा सर्वसाधारणको पहुँचमा पुर्याउनुको सट्टा सरकारले पूर्ण खोप लगाएका व्यक्तिले मात्र सार्वजनिक निकायबाट सेवा पाउने हुँदा अधिकांश नागरिक सेवाबाट बञ्चित भएको हुँदा सरकारलाई नागरिकको स्वतन्त्रतामा हस्तक्षेप गर्ने कुनै अधिकार नरहेको वताएका छन् ।
त्यस्तै रिट निवेदक कानूनका विद्यार्थी तथा सूचनाको हकका अभियन्ता सविन पोख्रेलले हरेक नागरिकलाई आफ्नो आत्म निर्णयको अधिकार रहेको भन्दै कुनै पनि खोप परीक्षण भएर लगाउन योग्य हुन कम्तीमा पाँच देखि दश वर्ष सम्म लाग्ने चिकित्सा विज्ञानले समेत प्रमाणित गरेको अवस्थामा जबरजस्ति खोप लगाउन लगाएर नागरिकलाई गिनीपिग बनाउन नहुने वताएका छन् ।
उक्त रिट निवेदनमा अधिवक्ताहरु शुभनराज आचार्य, विनोद कार्र्की, धनञ्जय खनाल, निवेदक सविन पोख्रेल, अधिवक्ताहरु सुजन नेपाल, नरेन्द्र कुमार शाहले बहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved