इटहरीः रावा इनर्जी डेभलपमेन्ट लिमिटेड नामको कम्पनीले ३ लाख ९९ हजार कित्ता आइपीओ निष्सकासन गर्नको लागि बिक्रि प्रबन्धक छानेको छ ।
कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बिहिबार नियुक्ति सम्बन्धि सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बिच हस्ताक्षर भएको छ ।
यस कम्पनीले खोटाङ जिल्लाको रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कम्पनीले हाल कायम जारी पुँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशत अर्थात् २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्नेछ । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गरिने जानकारी दिएको छ ।